अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुवेतका अमिरको निधनमा झन्डा आधा झुकाएर शोक मनाइने

कुवेतका अमिरको निधनमा झन्डा आधा झुकाएर शोक मनाइने


काठमाडौँ-नेपाल सरकारले कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा आज एकदिन शोक मनाउने भएको छ । 

आइतबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै  कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने जनाएको हो ।  

मन्त्रालयका अनुसार आज देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।