अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संकल्प यात्राले एकसाथ अनेक सकारात्मक सन्देश दियो : उपाध्यक्ष पौडेल

संकल्प यात्राले एकसाथ अनेक सकारात्मक सन्देश दियो : उपाध्यक्ष पौडेल

'नेपालको राजनीतिक इतिहासमा अविस्मरणीय र प्रेरणादायी घटनाका रुपमा उल्लेख गरिने छ'


काठमाडौँ–नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले झुलाघाट–चिवाभञ्याङ समृद्धिका लागि संकल्प यात्राले एकसाथ अनेक सकारात्मक सन्देश दिएको बताउनुभएको छ ।  

सामाजिक सञ्जालमा लेख्दै उपाध्यक्ष पौडेलले मध्यपहाडी लोकमार्गको निर्माण सम्पन्न गरेर देशकै मेरूदण्ड राजमार्गमा विकसित गर्न सकिने बताउनुभएको हो । उहाँले भौतिक एवं मानवीय विकासका दृष्टिले मध्यपहाडी भू–भागलाई विकसित तुल्याउन सकिने विश्वास संकल्प यात्राले बढाएको बताउनुभयो ।  

उपाध्यक्ष पौडेलले लेख्नुभएको छ, ‘यो यात्रा प्रतिगमन र जातीय तथा क्षेत्रीय संकीर्णता जस्ता नकारात्मक प्रवृत्तिलाई किनारा लगाउन, गठबन्धन सरकारका जनता र राष्ट्रहित विरोधी क्रियाकलापले सृजना गरेको निराशा चिर्न, नेकपा (एमाले) र जनताबिचको सम्बन्धलाई अझ बढी जीवन्त र प्रगाढ बनाउन, आगामी निर्वाचनबाट नेकपा ९एमाले०को एकल बहुमतको सरकार बन्छ र राष्ट्रको समृद्धि एवं जनताको सुखी जीवन सम्भव हुन्छ भन्ने सकारात्मक सन्देश सम्प्रेषण गर्न सफल भएको छ । 

उपाध्यक्ष पौडेलले मध्यपहाडी संकल्प यात्रालाई नेपालको राजनीतिक इतिहासमा अविस्मरणीय र प्रेरणादायी घटनाका रुपमा उल्लेख गरिने बताउनुभयो । 

मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको मध्यपहाडी संकल्प यात्रा हिजो पाँचथरको चिवाभञ्याङ पुगेर समापन भएको छ ।