अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

औपचारिक कार्यक्रम सकियो, एमालेको संकल्प र योजना जारी छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

औपचारिक कार्यक्रम सकियो, एमालेको संकल्प र योजना जारी छ : वरिष्ठ उपाध्यक्ष पोखरेल


काठमाडौँ–नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मध्यपहाडी लोकमार्गको औपचारिक कार्यक्रम मात्र सकिएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा औपचारिक कार्यक्रम सकिए पनि एमालेको संकल्प र योजना जारी रहेको बताउनुभएको हो । 

उहाँले लेख्नुभएको छ,’हामी जनताका बिचमा पुगिरहनेछौँ, जनतासितको सम्बन्धलाई गाढा बनाइरहनेछौँ , प्रचुर सम्भावना हुँदाहुँदै पनि मुलुकलाई विपन्न र परनिर्भर बनाइरहने कारणहरूलाई स्पष्टसँग खोजी गरिरहने र नयाँ स्तरमा जनतालाई सचेत र संगठित गर्दै समाधानका लागि भूमिका खेलिरहनेछौँ । यात्रा अवधिमा र चिवाभन्ज्याङमा पुगेर सम्पूर्ण एमाले नेतृत्वले यही संकल्पलाई दोहोर्‍याएको छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले यात्राको अवधिमा प्राप्त भएका विषयहरू र एमालेको संकल्पलाई छिटैनै औपचारिक रूपले सार्वजनिक गर्ने जानकारी दिनुभयो । 

मङ्सिर १४ गतेदेखि सुरु भएको एमालेको झुलाघाट– चिवाभन्ज्याङ “संकल्प यात्रा ” हिजो सकिएको हो ।