अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताले एमाले नेतृत्वको सरकार खोजेका छन्: रामबहादुर थापा

जनताले एमाले नेतृत्वको सरकार खोजेका छन्: रामबहादुर थापा


काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा नेपालको एउटा ऐतिहासिक अभियान भएको बताउनुभएको छ। 

मङ्सिर १४ झुलाघाट सुरु भई पुस १ गते चिवाभन्ज्याङ पुगेर सम्पन्न भएको यात्राले समाजवादी आन्दोलन र समाजवाद स्थापनामा महत्त्वपूर्ण  भूमिका निर्वाह गरेको थापाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो एउटा राजनीतिक अभियान थियो, यसले नेकपा एमालेको राजनीतिक कार्यदिशा स्थापना गर्न महत्पूर्ण भूमिका खेलेको छ।’

नेपालको समृद्धिको लागि यात्राले पार्टीलाई प्रशिक्षित बनाएको र ज्ञान दिएको उहाँले बताउनुभयो। अभियानबाट पार्टीले जनताबाट धेरै कुरा सिकोको उहाँको भनाई छ। नेतृत्व विकासमा पनि यात्राले भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो। नेपालाई बुझ्न यात्राले पार्टीलाई ज्ञान दिएको उहाँको धारणा छ। ‘यो अभियान ठुलो विश्वविद्यालय बनेको छ’, थापाले भन्नुभयो। 

एमाले विरुद्ध गरिएको घेराबन्दीको भण्डाफोर गर्ने अभियानको रूपमा झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा रहेको उहाँको निष्कर्ष छ। एमाले विरुद्धको भ्रम चिर्न यात्रा सफल भएको उहाँले बताउनुभयो।  नेकपा एमालेले नै देशलाई अघि बढाउन सक्छ भन्ने कुरामा नागरिकको विश्वास रहेको यात्राको क्रममा पाएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘यो अभियानले के देखायो भने–नेपाली जनताले नेकपा एमालेको नेतृत्व खोजेका छन्।’ 

नेकपा एमाले र  र जनता बिचको सम्बन्धलाई यो अभियानले निक्कै माथि उठाएको उहाँको ठम्याई छ। यसले नेकपा एमालेले लिएको मिसन २०८४ लाई सफल गराउने सहयोग गर्ने उहाँको विश्वास छ। 

थापाले यो अभियान अन्त्य नभएर मिसन २०८४ को एउटा सिँढी भएको बताउनुभयो । सबै घेराबन्दीलाई तोडेर जनता र पार्टी बिचको सम्बन्धलाई अझ सुमधुर बनाएर लैजाने उहाँले बताउनुभयो। एमाले विरोधी अवसरवादी र प्रतिगामी शक्ति एमालेको यो अभियानबाट आतङ्कित भएका थापाको भनाइ छ।