अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संकल्प यात्रा कसैको विरुद्ध होइन, देश र जनताको पक्षमा हो: ईश्वर पोखरेल

संकल्प यात्रा कसैको विरुद्ध होइन, देश र जनताको पक्षमा हो: ईश्वर पोखरेल


झापा-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले भर्खरै सम्पन्न गरेको झुलाघाट-चिवाभन्ज्याङ संकल्प यात्रा अपेक्षाकृत सफल भएको बताउनु भएको छ।

हिजो चिवाभञ्ज्याङमा अभियान सम्पन्न गरी आज काठमाडौं फर्कंदै गर्दा प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले संकल्प यात्रा कसैको विरुद्धमा नभइ देश र जनताको हितको पक्षमा भएको बताउनु हो।

संकल्प यात्रा, जनजागरणको यात्रा भएको बताउँदै उहाँले अभियान मार्फत वर्तमान सरकारका गलत कार्यको खबरदारी समेत भएको बताउनुभयो ।

निर्वाचनमा मात्र दलहरु जनताको घर दैलोमा आउँछन् भन्ने जनताको गुनासोलाई यो अभियानले सम्बोधन गरेको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई थियो । उहाँले पार्टीलाई जनतासँग जोड्न यो यात्रा सफल रहेको दावी पनि गर्नुभयो।

बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा १८ दिनपछि पाँचथरको चिवाभन्ज्याङमा समापन भएको थियो । यात्राका क्रममा जनताका विभिन्न गुनासोहरु सुन्ने अवसर प्राप्त भएको पोखरेलले बताउनु भयो ।

राजनीतिक हिसाबले जनतामा निरासा पैदा भइरहेको अवस्थामा उत्साह जगाउनसमेत यात्रा प्रभावकारी रहेको अभियानका दौरान देखिएको जनसहभागिताले पुष्टि गरेको उहाँले बताउनु भयो ।

मध्यपहाडी क्षेत्रका जनताको अवस्था, जनजिविकाको सवाल, बसाँई सराई लगायत सम्भाब्यता अध्ययनका निम्ति ठूलो सफलता पाएको बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो अब चाँडै काठमाडौंमा समग्र अभियानको प्रतिवेदन सार्वजनिक गरिनेछ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले झापाका इन्चार्ज विशाल भट्टराई, झापाका अध्यक्ष दिपक कार्की लगायतको उपस्थिति थियो ।