अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी पदाधिकारी बैठक आज बस्दै, यी हुन् एजेन्डा

माओवादी पदाधिकारी बैठक आज बस्दै, यी हुन् एजेन्डा


काठमाडौँ -नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन, पार्टीको रुपान्तरण अभियानलगायत समसामयिक विषयमा छलफल हुने छ ।

भदौ १६ गतेदेखि सुरु भएको माओवादीको अभियान पुस १६ मा सकिँदैछ । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने माओवादीले तयारी गरेको छ । केन्द्रीय समिति बैठकले विधान सम्मेलनको  मिति तय गर्ने माओवादीले जनाएको छ । 

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् ।