अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने

कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने


गण्डकी–नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राससलाई जानकारी दिनुभयो ।

सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुनुहुने सभापति शर्माले बताउनुभयो । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।

सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले बताउनुभयो ।