अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अविस्मरणीय यात्राका अविस्मरणीय क्षणहरुको सम्झना आइरहन्छन् : अध्यक्ष ओली

अविस्मरणीय यात्राका अविस्मरणीय क्षणहरुको सम्झना आइरहन्छन् : अध्यक्ष ओली


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अविस्मरणीय यात्राका अविस्मरणीय क्षणहरुको सम्झना आइरहने बताउनुभएको छ । सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै उहाँले यस्ता बताउनुभएको हो ।

मङ्सिर १४ गतेदेखि सुरु भएको एमालेको झुलाघाट– चिवाभन्ज्याङ “संकल्प यात्रा” का क्रममा पाँचथर फिदिममा नृत्य गरेको अध्यक्ष ओलीले सम्झनु भएको हो । 

उहाँले लेख्नुभएको छ,’पूर्वको माया पश्चिमलाई…! शुभ बिहानी ! पश्चिमदेखि पूर्वसम्मको यात्रा अन्तिमतिर पुग्दैगर्दा पाँचथर फिदिममा नृत्य गर्दै नानीबाबुहरू ! अविस्मरणीय यात्राका अविस्मरणीय क्षणहरु सम्झना आइरहन्छन् ।’

एमालेले मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म मध्यपहाडी लोकमार्गको यात्रा गरेको थियो ।