अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडीपछि एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने 

मध्यपहाडीपछि एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने 

संकल्प यात्रामा एमाले र अध्यक्ष ओलीप्रति अभूतपूर्व क्रेज देखियो : महासचिव पोखरेल


काठमाडौँ– नेकपा एमाले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानपछि अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने भएको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले मध्यपहाडीपछि अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने जानकारी दिनुभएको हो ।  

उहाँले भन्नुभयो, ‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौँ । अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ ।’ हुलाकी राजमार्ग केन्द्रित यात्राको मिति तय नभएको उहाँले जानकारी दिनुभयो ।  

महासचिव पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ यात्रा सफल भएको बताउनुभयो । यात्राका क्रममा  एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अभूतपूर्व क्रेज देखिएको उहाँले बताउनुभयो ।   

एमालेले गत मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो ।