अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार पूर्णरुपमा असफल भयो: उपाध्यक्ष पौडेल

वर्तमान सरकार पूर्णरुपमा असफल भयो: उपाध्यक्ष पौडेल


काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान गठबन्धन सरकार पूर्णतः असफल भएको बताउनु भएको छ।

वर्तमान सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै उहाँले आम नेपाली सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका नेताहरुले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको बताउनु भयो।

उपाध्यक्ष पौडेलले वर्तमान सरकारलाई खिचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दुःख मात्रै पाउने जिकिर गर्नुभयो । वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको भनाई थियो। उहाँले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि बताउनुभयो ।