अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले विखण्डनकारी गतिविधि नियन्त्रण गर्न चाहेन: योगेश भट्टराई

सरकारले विखण्डनकारी गतिविधि नियन्त्रण गर्न चाहेन: योगेश भट्टराई


काठमाडौँ-नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले वर्तमान सरकारले विखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाउनु भएको छ।

कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुकका विखण्डनकारी गतिविधि गर्न लागेकाहरूलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार कानमा तेल हालेर बसेको आरोप लगाउनु भयो।

सचिव भट्टराईले मुलुकमा देखिएको विखण्डनकारी गतिविधिलाई तत्काल नियन्त्रणमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सचेत गराउनुभयो। उहाँले एमालेले पहिचानको नाममा विखण्डनकारी गतिविधि गर्नेहरुको प्रतिरोध गर्ने बताउनुभयो।

कोशी प्रदेशको नाम बदल्नुपर्छ भन्नेहरुलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुसार संवाद गर्ने सचिव भट्टराईको भनाई थियो ।

सचिव भट्टराईले कोशी प्रदेशमा पनि एमालेको वर्चस्व रहेको कुरा पार्टीको समृद्धिका लागि संकल्प यात्राले पुष्टि गरेको बताउनु भयो।