अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीर अस्पतालका निर्देशक डा. पौडेललाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

वीर अस्पतालका निर्देशक डा. पौडेललाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं-सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलवार दुवै पक्षको बहसपछि तत्काल पौडेललाई हटाउने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । यो आदेशसँगै निर्देशक डा.पौडेल पुनर्वहाली हुनेछन् ।