अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘हनी ट्रयाप’मा पारेर १८ लाख असुल्ने तीन महिलालाई डेढ वर्ष कैद

‘हनी ट्रयाप’मा पारेर १८ लाख असुल्ने तीन महिलालाई डेढ वर्ष कैद


दाङ-कानून व्यवसायी पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर १८ लाख रुपैंयाँ असुलेको अभियोगमा धरौटीमा छुटेका दाङ घोराहीका तीन महिलालाई जिल्ला अदालत दाङले कैद र जरिवानाको फैसला गरेको छ।

दाङका तत्कालीन प्रहरी प्रमुख, काविल प्रहरी अफिसर सुरेश काफ्लेले हनी ट्रयापमा पारेर पैसा असुलेको अभियोगमा तीन महिलालाई मुद्दा चलाएका थिए। होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिएर १८ लाख असुल्ने तीन महिलालाई दाङ जिल्ला अदालतले जनही डेढ वर्ष कैद र जरीवाना गर्ने फैसला गरेको अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले कानून व्यवसायीबाट एक लाख नगद र १७ लाख चेक बुझेका घोराही-१५ का ३२ वर्षीया सीतादेवी थापा १५ हजार रुपैँया, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई कैदसहित जनही १० हजार रुपैयाँ जरिवाना गर्ने अदालतले फैसला गरेको अदालतका श्रेष्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो।

बारा जिल्लामा प्रहरी प्रमुख रहेका एसपी काफ्लेले हनी ट्रयापमा संलग्नलाई कानूनी दायरामा ल्याइ अदालतले फैसला सुनाएकोमा धन्यवाद दिनुभयो। उनीहरुले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तिममा १८ लाखमा कुरा मिलाएको यसअघि प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

ती महिलाबाट १७ लाखको चेक पनि प्रहरीले बरामद गरेको थियो।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसूर गरेको अभियोगमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा चलेको थियो।