अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा ४ जना गम्भीर घाइते

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा ४ जना गम्भीर घाइते


कपिलवस्तु-कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिङ्गेमा यात्रु बाहक बस र ट्रक ठोक्किँदा ४ जना गम्भीर घाइते भएका छन् ।

मङ्गलवार अन्दाजी पौने ६ बजे दाङबाट बुटवलतर्फ जाँदैगरेको ना ५ ख ९६४१ नम्बरको यात्रु बाहक बस ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । रोकिएको ट्रकमा ठक्कर दिँदा बसमा बसेका ४ यात्रु च्यापिएका थिए।

बसमा रहेका अन्य यात्रु सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिस भण्डारीले बताउनुभयो। बसमा च्यापिएकाको उद्धार गरिएको छ। उद्धार कार्यमा नेपाल प्रहरी, शमशेर दल गणका नेपाली सेना र स्थानीय खटेको प्रहरीको भनाइ छ।