काठमाडौँ–नेपाल खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले आवेदन माग गरेको हो ।
रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाद्वारा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको संस्थानले जनाएको छ ।
योग्य नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने संस्थाले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया