काठमाडौँ–बारामा बस र ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । काकड्भिट्टाबाट काठमाडौँका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ७३०० नम्बरको ट्रक आज बिहान २ बजे बाराको अमलेखगन्जमा एक आपसमा ठोक्किँदा २७ जना घाइते भएका हुन् ।
बारा प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ रमकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको हेटौँडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बाँकी घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौँडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया