अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संकल्प यात्राको समीक्षा गर्न एमाले सचिवालय बैठक सुरू

संकल्प यात्राको समीक्षा गर्न एमाले सचिवालय बैठक सुरू


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। यद्यपि बैठकलाई अनौपचारिक भनिएको छ। झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा समापन गरी फर्केपछि आज सचिवालय बैठकबसेको हो। बैठकले यात्राको समीक्षा गर्ने छ।

एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित १९ दिने अभियान चलाएको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पदाधिकारी, जनवर्गीय संगठनका नेता-कार्यकर्तादेखि गाउँ कमिटीसम्म सिंगो पार्टी यो यात्रामा परिचालन भएको थियो ।

बैठकमा अभियानको क्रममा आएका सुझाव, आगामी कार्यक्रम, समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ।