दमक-झापामा धान झार्न लगाइएको थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु भएको छ।
बुधबार बिहानै आफ्नै धानको कुन्यूमा थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका वडा नं २ सुगाबथान बस्ने ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
स्थानीय चन्द्रदेव राजवंशीको प्र१–०१–००१ त ८०९२ नं को ट्याक्टरबाट टुडूले बिहान ५ बजेतिर थ्रेसर लगाएका थिए। थ्रेसरमा परेर टुडूको शरीर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ।
थ्रेसर तथा ट्र्याक्टर चालक फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया