अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडमा देखेका समस्या सहित समाधानका उपाय बताउन एमालेले पुष ८ गते पत्रकार सम्मेलन गर्ने

मध्यपहाडमा देखेका समस्या सहित समाधानका उपाय बताउन एमालेले पुष ८ गते पत्रकार सम्मेलन गर्ने


काठमाडौं- १९ दिनसम्म सञ्चालन भएको मध्यपहाडी राजमार्गको यात्रामा जनताले भव्य रुपमा साथ दिएको नेकपा एमालेले निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो भएको सचिवालयको अनौपचारिक बैठकमा नेताहरुले एमालेको यात्रालाई अभूतपूर्व रुपमा साथ दिएर अपनत्व लिएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओली सहित पदाधिकारीको अनौपचारिक बैठकले यात्रामा साथ दिने सम्पूर्ण नेता,कार्यकर्ता,शुभचिन्त्कहरुलाई धन्यवाद ज्ञापन गरेको एमाले प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
गौतमका अनुसार आज पुष ५ गते मध्यपहाडी यात्राको समिक्षा सहित पत्रकार सम्मेलन मार्फत गरिने भनिएको कार्यक्रम आठ गतेका लागि सारिएको छ । लामो यात्राको प्रतिवेदन लेखन,अन्य कार्यक्रमहरुको तयारीमा केही समय लाग्ने भएकोले आजको कार्यक्रम आठ गतेलाई सारिएको हो । आठ गते दिउसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा विशेष पत्रकार सम्मेलन गरेर यात्राबाट एमालेले पत्ता लगाएका मध्यपहाडका समस्या र समाधानका उपायका बारेमा जानकारी गराइने गौतमले जानकारी दिनुभयो ।