अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ सफल भएको एमालेको निष्कर्ष

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ सफल भएको एमालेको निष्कर्ष


काठमाडौँ-नेकपा (एमाले)ले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ । 

पार्टी मुख्यालय ललितपुरमा हिजो भएको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा सफल भएको निष्कर्ण निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राससलाई बताउनुभयो । 

“अभियानले पूर्णरुपमा राजनीतिक उपलब्धि हासिल गरेको छ । यात्राले मध्यपहाडी लोकमार्गका समस्या पहिचान गरेको छ”, उहाँले भन्नुभयो, “जनताको विकासप्रतिको अपेक्षा र चाहनाअलाई एमालेले सरकार हुँदा काम गरेको र प्रतिपक्षमा हुँदा दृढतापूर्वक उठाएर जनताको पक्षमा आवाज बुलन्द गरेको बैठकको निष्कर्ष छ ।”

यसैगरी बैठकमा एनसेल शेयर बिक्री प्रकरण र भारतको संसद्मा रहेका सांसदमाथि गरिएको निलम्बनबारे पनि छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । उहाँले यही पुस ८ गते दिउँसो १ बजे ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’को बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिइने बताउनुभयो ।