काठमाडौँ–काठमाडौँको तापक्रम घट्दै गएको छ । दिनप्रति दिन काठमाडौँको तापक्रम घट्दै जाँदा चिसो बढ्दै गएको हो ।
आज काठमाडौँमा यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । बिहान पौने ९ बजे ४.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बिहान साढे ६ बजे काठमाडौँको तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।
यस्तै जुम्लाको तापक्रम सबैभन्दा कम माइनस २.८ डिग्री सेल्सियस मापन गरिएको छ ।






प्रतिक्रिया