काठमाडौँ–पोखराबाट काठमाडौँ उड्न लागेको जहाजको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका छन् ।
आज बिहान पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको उडान नं. ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलिदिएका हुन् ।
ढोका खुलेपछि यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले जाँचबुझ गरिरहेको बुद्ध एयरले जनाएको छ ।
यात्रुलाई भने अर्को जहाजबाट काठमाडौँ पठाइएको जनाइएको छ ।





प्रतिक्रिया