अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री किराँतीलाई नेता बास्कोटाको प्रश्न– ९८ प्रतिशत देशद्रोही छन्, कत्रो जेल बनाउनुहुन्छ ?

मन्त्री किराँतीलाई नेता बास्कोटाको प्रश्न– ९८ प्रतिशत देशद्रोही छन्, कत्रो जेल बनाउनुहुन्छ ?


काठमाडौँ–नेकपा एमालेका नेता गोकुल बास्कोटाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले कत्रो जेल बनाउलान् भन्दै प्रश्न गर्नुभएको छ । 

आज सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले उनले थुन्नै पर्ने देशद्रोहीको संख्या करिब ९८ प्रतिशत रहेको उल्लेख गर्दै थुन्न कत्रो जेल बनाउँला भनी प्रश्न गर्नुभएको हो ।   

मन्त्री किराँतीले हिजो एक कार्यक्रममा क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधी र देशद्रोहीको संज्ञा दिनुभएको थियो । त्यसपछि मन्त्री किराँतीको चर्को आलोचना भइरहेको छ । 

नेता बास्कोटाले लेख्नुभएको छ,’संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान् त अब ? उनले थुन्नै पर्ने राष्ट्र द्रोहीको संख्या (हिन्दु, बौद्ध, मुस्लिम आदी) करिब ९८% रहेछ । माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि प्रमाणित भयो ।’

धर्म व्यक्तिगत स्वतन्त्रता भएको भन्दै नेता बास्कोटाले संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान भएको उल्लेख गर्नुभएको छ ।