अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बल्खुमा महिलाको हत्या गरेर भारतमा मजदुरी, मुख्य योजनाकार जेलमा भेटिएपछि…

बल्खुमा महिलाको हत्या गरेर भारतमा मजदुरी, मुख्य योजनाकार जेलमा भेटिएपछि…


काठमाडौं-नेपाल प्रहरीले काठमाडौंको बल्खुमा सात वर्षअघि एक महिलाको हत्या गरी फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

२०७४ पुस ३० गते काठमाडौंको बल्खु भुवनेश्वरमन्दिर पछाडी ज्यामी काम गर्ने अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा र मुख्य योजनाकार धादिङ घर भएका वर्ष ४६ को शिवराम अधिकारीलाई सार्वजनिक गरेको हो ।

अधिकारी भने यसअघि नै चोरीको घटनामा कारागारमा रहेका थिए । घटनाको अनुसन्धान गर्दा अधिकारी हत्याको मुख्य योजनाकार रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो।

प्रहरीका अनुसार मृतक अप्सरासँगको चिनजानका क्रममा शिवरामले बल्खु क्षेत्रमा बोलाएर हत्या गरेका थिए । हत्यापछि अप्सराले लगायको सुन र खल्तीमा भएको केही नगद निकालेर फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

विश्वकर्मालाई बुधबार नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको समेत प्रहरीले जनाएको छ।