काठमाडौँ–नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्न राष्ट्र बैङ्कले आवेदन माग गरेको हो ।
आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पद पूर्तिका लागि कर्मचारी मागेको हो ।
तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुरमा माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया