काठमाडौँ–भारतले घरेलु टिम दक्षिण अफ्रिकीसँगको ३ खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ । बिहीबार तेस्रो तथा निर्णायक खेलमा ७८ रनको जित निकालेर भारतले सिरिज कब्जा गरेको हो ।
भारतले दिएको २९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.५ ओभरमा २१८ रनमै अलआउट भयो । दक्षिण अफ्रिकाका लागि टोनी जोर्जीले ८१ रन जोडे पनि जितका लागि पर्याप्त भएन ।
बलिङमा भारतका अर्शदिप सिंहले ४ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको नोक्सानीमा २९६ रन जोड्यो। भारतका लागि सन्जु सामसनले १०८ रन जोडे भने तिलक बर्माले ५२ रन बनाए।-एजेन्सी
प्रतिक्रिया