अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : हिमालमा हल्का हिमपातको सम्भावना, चिसोबाट बच्न आग्रह

आजको मौसम : हिमालमा हल्का हिमपातको सम्भावना, चिसोबाट बच्न आग्रह


काठमाडौँ–हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राती कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन तथा देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न महाशाखाले आग्रह गरेको छ ।