काठमाडौँ–कैलालीमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ । हिन्दु परम्परा अनुसार चार वर्ष अघि विवाह गरेका कैलारी गाउँपालिका–८ का प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका– १ बस्ने मनिला न्यौपानेले विवाह दर्ता गर्नुभएको हो ।
शुक्रबार कैलारी गाउँपालिका–८ को वडा कार्यालयले उहाँहरूलाई विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराएको हो । गत १२ असारमा सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिएपछि कैलालीमा चौधरीको जोडीले पहिलो पटक विवाह दर्ता गराउनुभएको हो ।
यसअघि लमजुङको दोर्दी गाउँपालिकाले नेपालमै पहिलो पटक समलिंगी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गराएको थियो ।






प्रतिक्रिया