अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेँसीसहरमा चरी बाघ फेला : नियन्त्रण लिएर जङ्गलमा छाडियो

बेँसीसहरमा चरी बाघ फेला : नियन्त्रण लिएर जङ्गलमा छाडियो


लमजुङ–लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ । बेँसीसहर–८ का दलबहादुर पौडेलको केराका गाजमा लुकेर बसेका अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभयो । 

उहाँले उक्त स्थानमा चरी बाघ पसेको खबर आएपछि प्रहरी पुगेको र डिभिजन वन कार्यालय लमजुङका कर्मचारीद्वारा बाघ नियन्त्रणमा लिने प्रयास गरे पनि पहिलो पटकमा असफल भएको बताउनुभयो । पुनः डिभिजन कार्यालका फरेष्टर गुणाबहादुर ग्लानले बोराको सहायताले बाघलाई नियन्त्रणमा लिनुभएको थियो । 

डिभिजन वन कार्यालका प्रमुख सन्तोष खनालले बाघलाई नियन्त्रणमा लिएर पुनः जङ्गलमा लगेर छोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आहारा खोज्दै आउने क्रममा यहाँसम्म आइपुगेको हुनसक्छ ।’ मान्छेलाई भने यस बाघले आक्रमण नगर्ने उहाँको भनाइ छ । जीवितै उद्धार गरेकाले भाले–पोथी नहेरी जङ्गलमा छाडिएको उहाँले बताउनुभयो ।