अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाघको आक्रमणबाट युवकको मृत्यु

बाघको आक्रमणबाट युवकको मृत्यु


वीरगञ्ज-बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ। बाघको आक्रमणमा परी पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको मृत्यु भएको हो।

घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड आज बेपत्ता भएका थिए। उनको खोजतलाश गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिनुभयो। 'धाँगडको टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको छ', उहाँले भन्नुभयो । 

धाँगडको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।