अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा स्कूल बसको ठक्करबाट ३ जना घाइते

भक्तपुरमा स्कूल बसको ठक्करबाट ३ जना घाइते


भक्तपुर-भक्तपुरको सुर्यबिनायक नगरपालिका-९ स्थित भात्तेढिकुरमा नोबल एकेडेमीको बसको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् ।

सुर्यबिनायकबाट साँगा तिर जाँदै गरेको बा २क २७३२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको भक्तपुर जिल्ला प्रहरीले जनाएको छ।

नोबल एकेडेमी काठमाडौँको नयाँ बानेश्वरमा सञ्चालित छ। दुर्घटनामा परेर मोटरसाइकल चालक श्रीकृष्ण कपाली, उहाँकी पत्नी प्रिया कपाली र  छोरा प्रशन्न कपाली घाइते हुनु भएको छ। घाइतेहरुको डा. इवामुरा अस्पतालमा उपचार हुँदै छ। बसले बा.३६ प २२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो।

दुर्घटनामा संलग्न बसका चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ घर भएका ३१ वर्षीय राजकुमार रोम्बालाई प्रहरीले पक्राउ गरेको छ ।