अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा कारको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु

पोखरामा कारको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु


काठमाडौँ–पोखराको पर्स्याङमा गए राति कारले ठक्कर दिँदा दुई जना पैदलयात्रीको मृत्यु भएको छ । बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले राति  पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट बागलुङको ढोरपाटन घर भई नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष घाइते भएका थिए । दुवैको उद्धार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । दुवै जनाको उपचारको क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने कारलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले  नियन्त्रणमा लिएको छ । कार चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।