अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी अध्यक्षमा सुरत खत्री निर्वाचित

एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी अध्यक्षमा सुरत खत्री निर्वाचित


काठमाडौं-नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा सुरत खत्री निर्वाचित हुनुभएकाे छ।

काठमाडौंमा सोमबार भएको दोस्रो प्रदेश सम्पर्क कमिटीको अधिवेशनमा ६७ मत ल्याएर खत्री अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे। अध्यक्षका अर्का उम्मेदवार रोशनदेव पन्तले ६२ मत पाउनुभयाे ।

उपाध्यक्षमा वीरबहादुर धामी, सचिवमा खगेन्द्र साउद, उपसचिवमा पार्वती कठायत खड्का र नरेशबहादुर धमेना सर्वसम्मत चयन हुनुभएकाे छ।

दीपेन्द्रसिंह ऐरी, किरणसिंह विष्ट, उर्मिला साउद, सिंहलाल बोहरा, दिनेशबहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, रुपेशकुमार साउद र नवीनराज गिरी सदस्यमा सर्वसम्मत चयन हुनुभएकाे छ।