काठमाडौँ–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रहमा देशभरका विद्यालयलाई शिक्षा मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
सोही आधारमा शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
आज देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ।
प्रतिक्रिया