अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रिन्सिपल स्वर्णकारको हत्याका मुख्य आरोपी सुजित सिंह पक्राउ

प्रिन्सिपल स्वर्णकारको हत्याका मुख्य आरोपी सुजित सिंह पक्राउ


काठमाडौँ–बाराको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सुजित सिंह पक्राउ परेका छन् । बारा प्रहरीले हिजो साँझ सिंहलाई छतवा मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार सिंह भाग्न खोज्दा गोली  प्रहार गरिएको थियो । खुट्टामा गोली लागेपछि  प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । 

गत कार्तिक १३ गते दुई मोटरसाइकलमा रहेका चार जनाले गोली चलाउँदा प्रिन्सिपल स्वर्णकार घाइते हुनुभएको थियो । उपचारका लागि वीरगञ्ज लगे लगत्तै उनको मृत्यु भएको थियो ।

प्रिन्सिपल स्वर्णकारको हत्या आरोपमा बाराको कलैयाका २ की राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह थुनामा छन् ।