अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर 

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर 


काठमाडौँ–नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज तोलामा २०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको । चाँदीको मूल्य मंगलबार प्रतितोला १ हजार ४७५ रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।