काठमाडौँ–नाबालिगत बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दाको फैसला पनि आजै आउने सम्भावना रहेको छ ।
जिल्ला अदालत काठमाडौँमा हिजोदेखि पुनः सुरु भएको सुनुवाइ सकिएपछि आजै फैसला हुने सम्भावना छ । हिजो सुनुवाइ नसकिएपछि जिल्ला अदालत काठमाडौँले मुद्दालाई आजसम्मका लागि हेर्दाहेर्दैमा राखेको थियो ।
आज ३ बजेसम्म बहस सक्ने तयारी भएको र त्यसपछि वादीका तर्फबाट जबाफी बहस सकाएर आजनै फैसला हुन सक्ने बताइएको छ ।
परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौँमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।





प्रतिक्रिया