अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इटहरीमा कर विवाद: नगर सभा स्थगित गरेपछि एमालेको आपत्ति

इटहरीमा कर विवाद: नगर सभा स्थगित गरेपछि एमालेको आपत्ति


विराटनगर-इटहरी उप महानगरपालिकाको नगर सभा स्थगित भएकोमा नेकपा एमाले इटहरीले आपत्ति जनाएको छ।
स्थगित १४औं नगर सभाको बैठक तुरुन्त बोलाई कर समायोजन गर्न एमाले इटहरीले प्रेस विज्ञप्ती जारी गरी जनाएको माग गरेको छ।
कार्यबाहक अध्यक्ष रूपेश बस्नेतद्वारा जारी बिज्ञप्तीमा नगरसभाको बैठक एकतर्फी र हठात् ढंगबाट स्थगित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तीमा भनिएको छ– ‘आर्थिक रुपमा अत्यन्तै जटिल अवस्थाबाट गुज्रिरहेका नागरिकको अवस्थालाई न्यायोचित सम्बोधन र समाधान गर्न इटहरीको अविभावकका रुपमा रहेका इटहरी सरकारका प्रमुख असक्षम रहेको आम नगरवासीले अनुभूत गरेका छन् ।’
आर्थिक वर्ष २०८०÷०८१ को नगर सभाबाट पारित आर्थिक ऐन २०८० ले व्यवस्था गरेको कर तथा राजस्वका दरमा विवाद आएपछि इटहरी–३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा कार्यदल गठन भएको थियो । पुस ४ गते सम्पन्न १३६ औं कार्यपालिका बैठकले सुवेदीले बुझाएको प्रतिवेदन हुबहु पारित गरी १४औं नगरसभा बैठकबाट अनुमोदन गरी कार्याबन्यन गर्ने निर्णय भएको थियो । सोही बमोजिम पुस ११ गते आवहान गरिएको नगरसभा बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो ।
इटहरी उपमहानगरपालिकाको १४औं नगरसभा बैठक बोलाएर बिना कारण स्थगित गरिएको भन्दै इटहरी नगरसभामा प्रतिनीधीत्व गर्ने नेकपा एमालेका नगरसभा सदस्यले हिजो नाराबाजीसहित बिरोध गरेका थिए । इटहरी ५ मा रहेको लायन्स क्लवको सभा हलमा दिउँसो १ बजेका लागि आह्वान गरिएको १४औं नगर सभा अन्तिम समयमा आएर स्थगित गरिएको भन्दै नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्यले नाराबाजीसहित बिरोध जनाएका हुन् । इटहरी उपमहानगरपालिकाले सूचना जारी गर्दै विशेष कारणवस अर्को सूचना नभएसम्मका लागि नगरसभा बैठक स्थगित गरिएको जनाएको थियो ।