काठमाडौँ–चितवनमा इलेक्ट्रिक भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
गए राति भरतपुर महानगरपालिका–१२, मिलन चोकमा बा।प्र।०३–००१ज ४५८ नम्बरको भ्यानले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट कास्कीको पोखरा महानगरपालिका–१ सिमपानीका ६१ वर्षीय गणेश थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको थियो । उपचारका क्रममा राति नै उहाँको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
भ्यान नियन्त्रणमा लिइएको र चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया