अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रीको गाडीमा आगजनी गर्ने १७ जना पक्राउ

मन्त्रीको गाडीमा आगजनी गर्ने १७ जना पक्राउ


काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको अभियोगमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आन्दोलित इपिएस परीक्षार्थीहरूहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको हो। घटनास्थलबाट १७ जनालाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताउनु भयो ।

उहाँकाअनुसार प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको हो। 

प्रहरीको गोली लागि दुई जना गम्भीर घाइते भएका छन् । गोली लागि घाइते भएकाहरुको एक जनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । दैलेख घर रहेका २३ वर्षीय सुदन राउतको मृत्यु भएको हो ।