अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकुमारी घटना बारे अध्यक्ष ओलीको टिप्पणी : सरकारले आफ्नो कमजोरी लुकाउन गोली चलायो

बालकुमारी घटना बारे अध्यक्ष ओलीको टिप्पणी : सरकारले आफ्नो कमजोरी लुकाउन गोली चलायो


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्ना कमजोरी लुकाउन बालकुमारीमा गोली चलाएको बताउनुभएको छ ।

आज दिउँसो ललितपुरकाे बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवा र प्रहरीबिच झडपमा दुई जना युवाको मृत्यु भएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत साे कुरा बताउनु भएको हो।

अध्यक्ष ओली सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘बालकुमारी घटनामा होनाहार दुईजना नवयुवकको ज्यान गयो। बल प्रयोग समस्याको समाधान होइन।’ 
उहाँले  समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय रहेको समेत बताउनु भएको छ।

अध्यक्ष ओलीले घटनाको तत्काल छानविन गरी दोषीलाई कार्वाही गर्न माग गर्नुभएको छ। उहाँले भन्नुभएको छ, ‘ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना। अब यस्तो कहिलै नहोस्।’

 ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा शुक्रबार विरोध प्रदर्शन गर्न पुगेका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो।