विराटनगर – नेपाल राष्ट्रिय शिक्षक संगठन कोशी प्रदेशको अध्यक्षमा महेन्द्र प्रकाश गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।
पुस १३ र १४ गते विराटनगरमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट ताप्लेजुङ गौतम अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अधिवेशनबाट समावेशी उपाध्यक्षमा संखुवासभाका गोविन्दमान तामाङ, महिला उपाध्यक्षमा झापाकी अम्विका खवास बास्तोला र खुल्ला उपाध्यक्षमा खोटाङका कुमार पराजुली निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा उदयपुरका दिलबहादुर फुयाल निर्वाचित भएका छन् भने उपमहासचिवमा मोरङका छविलाल धिमाल निर्वाचित हुनुभयो ।
यस्तै सचिवमा इलामका गंगा तिम्सिना, कोषाध्यक्षमा सुनसरीका प्रभुनारायण चौधरी र सहकोषाध्यक्षमा भोजपुरकी करिष्मा श्रेष्ठ निर्वाचित भएकी छन् । अधिवेशनले सर्वसम्मत ४३ सदस्यीय प्रदेश समिति चयन गरेको छ ।
प्रतिक्रिया