अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्र र सुजनको शव गृह जिल्ला पठाउने तयारी 

वीरेन्द्र र सुजनको शव गृह जिल्ला पठाउने तयारी 


काठमाडौँ–ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ । दुवै जनाको पाटन अस्पतालमा पोस्टमार्टम गरेर गृह जिल्लामा पठाउन शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको हो । 

 नेपाली सेनका स्काई ट्रक एन ए–०६४ मार्फत दुवै जनाको शव सुर्खेत लैजाने तयारी रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।  सुर्खेतबाट हेलिकप्टरमा सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने प्रहरीको भनाइ छ ।