अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ–नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँ कायम छ ।  

यस्तै, आज महासंघले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।