काठमाडौं-राष्ट्रिय जनगणना २०७८ ले ६६.३ प्रतिशत जनसंख्या सहरमा बसोबास गर्ने भनेर तथ्याङ्क सार्वजनिक गरे पनि वास्तविक सहरी जनसंख्या २७.०७ प्रतिशत मात्र रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नगरपालिकामा ६६.३ प्रतिशत र गाउँपालिकामा ३३.८ प्रतिशत जनसंख्याको बसोबास रहेको यस अघि बताएको थियो। हालसम्म नेपालमा नगरपालिकामा बस्ने सबै जनसंख्यालाई सहरी जनसंख्या भन्ने गरिएको थियो ।
आज कार्यालयले वास्तविक सहरी जनसंख्या २७.०७ प्रतिशत पुगेको सार्वजनिक गरेको छ । कार्यालयका प्रवक्ता हेमराज रेग्मीले जारी गरेको विज्ञप्ती अनुसार २०६८ सालको जनगणनामा सहरी जनसंख्या २२.३१ प्रतिशत रहेको थियो । यसलाई पनि जनगणनाले १७ प्रतिशत भनेकोमा स्थानीय तहको पुनसंरचनापछि तथ्याङ्क समायोजन गर्दा २२.३१ प्रतिशत पुगेको हो ।
सहरी जनसंख्या सम्बन्धी राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्ती यस प्रकार छ ।





प्रतिक्रिया