अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुजन र वीरेन्द्रको शव गृह जिल्ला पुर्‍याइयो

सुजन र वीरेन्द्रको शव गृह जिल्ला पुर्‍याइयो


सुर्खेत-ललितपुरको बालकुमारीमा ईपीएसको परीक्षाको विषयमा भएको झडपमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव गृह जिल्ला पुर्‍याइएको छ।

नेपाली सेनका स्काई ट्रक एन ए–०६४ मार्फत शवलाई सुर्खेत लगिएको हो भने त्यहाँबाट हेलिकप्टरमार्फत रावतको शव दैलेख र शाहको शव अछाम लगिएको हो। रावतको आजै दाहसंस्कार गरिने आफन्तले जनाएका छन्।

सुजनको शव काठमाडौंबाट सुर्खेतसम्म हवाईजहाज र सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दैलेखको कालीदत्त गुल्म पुर्‍याइएको थियो । गुल्मको गेटदेखि तीन सय मिटर दूरीमा रहेको घरमा पुर्‍याई सुजनको शवयात्रा शुरु भएको हो । शवयात्रामा आफन्तसहित स्थानीयवासीको सहभागिता छ। सुजनको हिन्दू परम्पराअनुसार श्रीस्थानमा काजकिरिया गर्ने परिवारजनले बताएका छन्। सोमबार मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति भएपछि आफन्तले शव बुझेका हुन्।

कोरियन भाषा परीक्षाका लागि आवेदन दिन काठमाडौं पुगेका सुजनको शव बाकसमा फर्किएपछि सिंङ्गो दैलेख जिल्ला नै शोकमा डुबेको छ। पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन स्थलमा गम्भीर घाइते भएका दुवैले अस्पतालमा ज्यान गुमाएका थिए ।