काठमाडौँ–मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना प्रहरीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित पूर्वपश्चिम सडकखण्डमा ना४३प २२२ नम्बरको मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको हो ।
दौडिरहेका प्रहरी जवान डडेलधुरा अलिताल गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय विनोद एडीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका एडीको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा थप दुई जना प्रहरीसहित मोटरसाइकल चालक पनि घाइते हुनुभएको छ । घाइते हुनेमा प्रहरी जवान नवराज सार्की र प्रहरी जवान विजय खत्री रहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया