अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचनः एमाले गण्डकीबाट ९ जनाको नाम सिफारिस

राष्ट्रियसभा निर्वाचनः एमाले गण्डकीबाट ९ जनाको नाम सिफारिस


काठमाडौं-नेकपा एमाले गण्डकीले राष्ट्रियसभा निर्वाचनको लागि ९ जना आकांक्षीहरूको नाम केन्द्रीय कमिटीमा पठाएको छ।

एमाले गण्डकीले बुधबार राष्ट्रिय सभा निर्वाचनका लागि ३ सिटका लागि ९ जनाको नाम सिफारिस गरेको हो।

एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीका अनुसार खुला अर्थात अन्यतर्फ बागलुङका मोहनलाल शर्मा, म्याग्दीकी ममतादेवी शर्मा र स्याङ्जाका चक्रबहादुर पराजुलीलाई सिफारिस गरिएको छ।

अपाङ्ग/अल्पसंख्यकमा कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन, गोरखाकी मिना बरामलाई सिफारिस गरिएको छ भने महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ र स्याङ्जाकी इश्वरी सिग्देल अर्याललाई सिफारिस गरिएको छ।

राष्ट्रियसभा निर्वाचन आउँदो माघ ११ गते हुँदैछ। गण्डकीमा तीन क्लस्टरमा निर्वाचन हुनेछ। अन्य, महिला र अपाङ्गतारअल्पसंख्यकमा १/१ गरी तीन पद रिक्त हुँदैछ।