अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन: एमाले लुम्बिनीबाट ६ जना सिफारिस

राष्ट्रियसभा निर्वाचन: एमाले लुम्बिनीबाट ६ जना सिफारिस


काठमाडौं-नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि ६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेर पठाएको छ।

लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकले ३ महिला र ३ पुरुष गरी ६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिनुभयो।

पाल्पाका झपेन्द्र जीसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाकी कृष्णकुमारी गुरुङ, दाङकी तुलसा केसी र बाँकेकी एकमाया विश्वकर्मा सिफारिस गरेकाे अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशबाट २ सीटमा निर्वाचन हुँदैछ। नेकपा एमालेका कुमार दशौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको पदावधि सकिन लागेको छ।