काठमाडौं-सामुदायिक विद्यालयमा पढाउने राहत शिक्षकहरूले आफूहरूलाई स्वतः स्थायी गरिनुपर्ने माग राखेका छन्।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गर्न आज बसेको बैठकमा सरकारले स्वतः स्थायी गर्नुपर्ने माग राखेका हुन्।
नेपाल राहत शिक्षकका अध्यक्ष खेमराज अधिकारीले २० वर्षदेखि राहत रहेका शिक्षकलाई पाखा लगाउने गरी सरकारले विद्यालय शिक्षा विधेयक अघि बढाएको भन्दै विधेयक संशोधन गरिनुपर्ने बताउनु भयो।
समितिका सभापति भानुभक्त जोशीले विधेयकमाथि सरोकारवाला सबैसँग छलफल गरेर मात्रै टुङ्गोमा पुग्ने बताउनुभयो।
प्रतिक्रिया